आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

चीनबाट आइपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १६:५३ मा प्रकाशित (२ साल अघि) ५९६ पाठक संख्या

काठमाडौं । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गरेको छ ।

वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौंमा आइपुगेको हो ।