काठमाडौं : नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध प्रदर्शन गर्ने भएको छ।
मंसिर २९ मा देशैभरको प्रदर्शनमा सहभागी हुन कांग्रेसले आह्वान गरेको छ।
मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको प्रदर्शनका लागि क्षेत्रीय पदाधिकारी एवं सदस्यहरु,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य ,इकाई सभापति एवं पदाधिकारी ,नगर सभापति एवं पदाधिकारी, सम्पुर्ण भातृ संघका सभापति एवं पदाधिकारी ,बुथ प्रतिनिधि , नेपाली कांग्रेस क्रीयाशिल सदस्यहरु ,महिला समुह ,आमा समुह लगायत सम्पुर्ण शुभचिन्तक महानुभावहरुलाई भिडियोमार्फत नै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्न लागेको हो ।