आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वरको उत्तरबाहिनी चोकमा भाद्र २० गते लायन्स क्लबले आकस्मिक रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार ०९:३६ मा प्रकाशित (३ साल अघि) ४१३ पाठक संख्या

काठमाडौँ, भाद्र १९। गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा  आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ  ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौं सिम्रिक तथा लायन्स क्लब अफ काठमाडौं  गुप्ती गणेशको आयोजना तथा गोकर्णेश्वर युवा जागरण क्लबको सहयोगमा  रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो  ।

भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा  बिहान १० बजे देखि  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न अनुरोध गरेका छन् ।कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समेत आयोजकले बताएको छ।