आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृत्यु

गोकर्णेश्वर खबर२३ असार २०७७, मंगलवार २१:५९ मा प्रकाशित (३ साल अघि) ५५३ पाठक संख्या

काठमाडौं । शरिर जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। रोनी र डोनी नामका ति व्यक्तिको अमेरिकामा मृत्यु भएको हो।

उनीहरुको शरिर पेटबाट जोडिएको थियो। ति दुईले विश्वमैै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रेकर्ड आफ्नो नाममा गरेका थिए। उनीहरुले सन् २०१४मा उक्त रेकर्ड बनाएका थिए। डाक्टरका अनुसार उनीहरुको मृत्यु प्राकृतिक नै हो।

पेटबाट जोडिएको ती दुईको मलद्वार एउटै थियो। तर दुई भाईको मुटु अलग अलग रहेको थियो। यस्तै उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै थियो। उनीहरुको जन्म सन १९५१ अक्टोबर २८मा भएको थियो।