आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

आइसल्याण्डमा ज्वालामुखी विस्फोट

गोकर्णेश्वर खबर३ पुष २०८०, मंगलवार १९:२९ मा प्रकाशित (४ महिना अघि) १०२ पाठक संख्या

रेक्याभिक – आइसल्याण्डमा ज्वालामुखी विस्फोट भएको छ । आइसल्याण्डको रेक्यानेस प्रायद्विपमा रहेको ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ र लाभा १०० मिटर माथिसम्म पुगेको जनाइएको छ ।

यद्यपि ज्वालामुखीले कुनै मानवीय जोखिम उत्पन्न नगरेको त्यहाँको सरकारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । त्यस्तै, ज्वालामुखी विस्फोटनबाट हवाइ उडानमा कुनै अवरोध पुगेको छैन ।

राजधानी रेक्याभिकभन्दा ४० किलोमिटर दक्षिणपश्चिममा रहेको ग्रिन्डाभिक सहरनजिकै ज्वालामुखी विस्फोट भएको हो । यद्यपि ज्वालामुखीले हालसम्म उक्त सहरमा कुनै विनाश निम्त्याएको छैन ।