आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

त्रिकोणात्मक सिरिज : हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार ११:०८ मा प्रकाशित (६ महिना अघि) ३३६ पाठक संख्या

काठमाडौँ । यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्न चाहन्छ।

उता हङकङ पनि नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सुखद नतिजा हात पार्न चाहन्छ।

घरेलु मैदानमा हुने आइसीसी विश्वकप टी २० एसिया छनोटको तयारीस्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ।