आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

टी-२० आई त्रिकोणात्मक सिरिजमा आज हङकङसँगै खेल्दै नेपाल

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार ०८:३३ मा प्रकाशित (६ महिना अघि) १२८ पाठक संख्या

काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

टी-२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुईरदुई खेल खेल्नेछन् ।

कुनै समय नियमित जस्तो नेपाल र हङकङ पछिल्लो समय भने नखेलेको धेरै भयो । यसै टी-२० सिरिजमार्फत यी दुई टोलीको फेरि भेट हुन लागेको हो ।

टी-२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी-२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङले टी-२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् ।

त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

२०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी-२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी-२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।

यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।