आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

लाओसलाई १–० हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

गोकर्णेश्वर खबर३० आश्विन २०८०, मंगलवार २१:४३ मा प्रकाशित (६ महिना अघि) १७६ पाठक संख्या

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले खेलको ५३ औँ निर्णयक गोल गरे । अन्जन विष्टको उत्कृष्ट पासलाई मनिषले गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए ।

यसअघि काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । दोस्रो चरणमा नेपालले समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्ने छ।