आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आईसीसी विश्वकप : भारतद्धारा पाकिस्तान ७ विकेटले पराजित

गोकर्णेश्वर खबर२७ आश्विन २०८०, शनिबार २१:१४ मा प्रकाशित (६ महिना अघि) १५९ पाठक संख्या

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

भारतको जितमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए।

केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

पाकिस्तानले २० अक्टोबरमा अष्ट्रेलियासँग खेल्नेछ। भारत र न्युजिल्यान्डको समान ६ अंक छ।

आइतबार इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ।