आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आईसीसी विश्वकप : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य

गोकर्णेश्वर खबर२७ आश्विन २०८०, शनिबार १८:१२ मा प्रकाशित (६ महिना अघि) १५७ पाठक संख्या

काठमाडौं । पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य

अहमदाबाद । पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए ।

कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो । तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको पतन सुरु भयो । त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् ।

यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।