आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

बीबीसीको आयोजनामा उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव’ सुरु

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार १५:४० मा प्रकाशित (६ महिना अघि) १४८ पाठक संख्या

बनेपा । बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो ।

कार्तिक ४ गतेसम्म चल्ने महोत्सवको उद्धघाटन बागमति प्रदेश खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले गरे ।

उद्धघाटनअघि बनेपा पार्टी भेन्यु देखि बनेपा बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली गरिएको थियो ।

महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।