आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

खेलाडी योगेन्द्र तामाङको सम्झनामा पनौतीमा ‘योगेन्द्र स्मृती कप’ सुरु,मन्त्री लामाले गरे प्रतियोगिताको उद्घाटन

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार १५:३३ मा प्रकाशित (६ महिना अघि) १७९ पाठक संख्या

बनेपा – पनौतीस्थित सरस्वति व्याईज क्लबले स्व.खेलाडि योगेन्द्र तामाङको सम्झनामा ‘योगेन्द्र स्मृती कप’ प्रतियोगिता आयोजना गरेको छ । क्लबका खेलाडि योगेन्द्र तामाङको सम्झनामा योगेन्द्र स्मृती कपको आयोजना गरे्को हो ।

कार्तिक ३ गतेसम्म पनौतीस्थित क्षेत्रिय रङ्गशालामा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास श्रेष्ठले जानकारी दिए ।

नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, दोस्रोले नगद ५० हजार रुपैंया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार, प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री तिर्थ लामाले प्रतियोगिता उद्घाटन गरेका छन् । मन्त्री लामाले अनुशासित खेलाडीले मात्रै देश बिकास गर्न सक्ने भन्दै खेल क्षेत्रको बिकासमा लाग्न अनुरोध गरे । उनले पनौती क्षेत्रीय रंगशालाको बिकासको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

पनौती नगर प्रमुख रामशरण भन्डारीले जग्गा विवादका पनौती क्षेत्रीय रंगशाला विस्तार र बिकास गर्न नसकिएको भन्दै पारिवारिक विवाद मिलाएर निर्माणमा सघाउन सम्बन्धित परिवारलाई अनुरोध गरे । खेल पुर्वाधार रहेका कारण विभिन्न तहका प्रतियोगिता पनौतीमा संचालन गर्न सकेको भन्दै उनले खेल क्षेत्रलाई सकेको सहयोग गर्ने बताए ।

नगर उपप्रमुख गिता बन्जाराले नीति, विधि र बजेटमा खेल क्षेत्रलाई केहि न केही सम्बोधन गर्ने बताइन् ।

कार्यक्रममा पनौती उद्योग बाणिज्य सङ्घका अध्यक्ष भोला थापा, पनौती वडा नम्बर ४ का अध्यक्ष दिपकप्रसाद दाहाल, क्लबका कार्यक्रम संयोजक सुबास श्रेष्ठ, सदस्य प्रतीक महत लगायतले खेल क्षेत्रको बिकासको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

स्व.खेलाडि योगेन्द्र तामाङ २०७९ चैत्र २५ गते दिवंगत भएका थिए ।