आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपालविरुद्ध भारतका जैसवालको विष्फोटक ब्याटिङ

गोकर्णेश्वर खबर१६ आश्विन २०८०, मंगलवार ०८:१३ मा प्रकाशित (७ महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दा १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध सानदार सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ ओभरको पावरप्लेमै विना क्षति ६३ रन बनाएको थियो । अहिले ७ ओभरको खेल सकिँदा भारतले ८० रन बनाएको छ । जैसवालले २२ बलमा अर्धशक पूरा गरे ।

जैसवालले २८ बलमा ५ चौका र ५ छक्का प्रहार गरी ६५ रनमा अविजित छन् ।