आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

एमाले बागमती प्रदेश अधिवेशन : सकियो मतदान, १ हजार १३३ मत खसे

गोकर्णेश्वर खबर१२ आश्विन २०८०, शुक्रबार २१:३९ मा प्रकाशित (७ महिना अघि) ६९ पाठक संख्या

काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ ।

अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे ।

मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । मतदान सम्पन्न भएकाले अबको दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन् । यी दुई उम्मेदवारले अरु चार पदाधिकारीमा पनि प्यानल बनाएका छन् ।