आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सुन तस्करी प्रकरणमा मुछिएका विमानस्थल भन्सारका जाँचपास अधिकृत र कर्मचारीमाथि कारबाही

गोकर्णेश्वर खबर५ श्रावण २०८०, शुक्रबार १४:०५ मा प्रकाशित (९ महिना अघि) १९५ पाठक संख्या

काठमाडौं । भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका जाँच पास अधिकृत र जाँचकी माथि कारवाही चलाएको छ । बुधबार बेलुका समातिएको एक क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई निलम्बनको कारबाही गरिएको हो ।

यसरी कारबाही गरिएकाहरुमा भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल रहेका छन् । उक्त सुन तस्करीका बारेमा छानबिन गर्नका लागि उनीहरुलाई निलम्बन गरिएको विभागले जनाएको छ ।

बुधबार क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित दश जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।