आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

एयरपोर्टबाट ८० किलोभन्दा बढी परिमाणमा सुन बरामद

गोकर्णेश्वर खबर३ श्रावण २०८०, बुधबार २२:२३ मा प्रकाशित (९ महिना अघि) १८१ पाठक संख्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।