आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

बस भाडा घट्यो, कहाँ जाँदा कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर१ श्रावण २०८०, सोमबार १६:५७ मा प्रकाशित (१0 महिना अघि) २७० पाठक संख्या

काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा मूल्य कम भएपछि सरकारले सार्वजनिक यातायातको भाडा घटाएको हो ।

नेपाल आयल निगमले स्वचालित प्रणाली अनुसार पेट्रोल र डिजेलको भाउ समायोजन गरे लगत्तै यातायात व्यवस्था विभागले भाडा घटाएको हो । निगमले स्वचालित प्रणाली अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । यातायात व्यवस्था विभागले त्यसैको आधारमा यात्रुबाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

मालबाहक सवारीमा पहाडमा २. ७८ र तराईमा ३.०९ प्रतिशतले भाडा कम गरिएको महानिर्देशक नारायणप्रसाद भट्टाईले जानकारी दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले टाइएको भाडादर आजदेखि नै लाग्र हुने बताउनुभएको छ । ‘त्यसको अनुगन गर्ने जिम्मा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको छ’ उहाँले भन्नुभयो पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’