आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

गोकर्णेश्वर खबर३१ असार २०८०, आईतवार १८:५५ मा प्रकाशित (९ महिना अघि) २३६ पाठक संख्या

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।