आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

आव २०८०/८१ को बजेट संसद्‍का दुवै सदनबाट पारित

गोकर्णेश्वर खबर२८ असार २०८०, बिहीबार १८:४४ मा प्रकाशित (९ महिना अघि) २२८ पाठक संख्या

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्‍का दुवै सदनबाट पारित भएको छ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट पनि बजेट पारित भएको हो। यसअघि बजेट विवादबीच प्रतिनिधिसभाको बैठकबाट पनि पारित भइसकेको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको बहुमतले पारित गरेको हो।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए।

यसअघि बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा गरिएका खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार नै मन्त्रीहरुले दिइसकेपछि बजेट पारित भएको हो।