आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार ०७:५२ मा प्रकाशित (१0 महिना अघि) ३३६ पाठक संख्या

दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।

किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, ना।प्र।न।७३३०१३र४३४, जारी मिति २०६३र१०र८ बैतडी, जन्ममिति २०४६र५र२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ ।

यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९र११र१०, ना।प्र।न। ७५१००१र१३१२६, जारी मिति २०६७र४र२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।

दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन् ।

दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनामाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा सात वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमानको नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ । रासस