आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब सम्पन्न

गोकर्णेश्वर खबर१८ जेष्ठ २०८०, बिहीबार २२:५० मा प्रकाशित (११ महिना अघि) ६८ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा जारी श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०  सम्पन्न ।

श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते  देखि १७ गते सम्म गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कथा वाचक श्री इश्वरकृष्ण महाराजको मुखारविन्दबाट बाट संगीतमय कथा वाचन  भएको   उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सबको प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसेले उद्घाटन गरेका  थिए  । उद्घाटन पुर्व सुन्दरीजल देखि गोकर्णेश्वर महादेव मन्दिर सम्म कलश यात्रा गरिएको थियो ।