आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले गरायो सचेत

गोकर्णेश्वर खबर२३ चैत्र २०७९, बिहीबार १७:२७ मा प्रकाशित (१ साल अघि) १५६ पाठक संख्या

काठमाडौं । पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ।

पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो। खोजी गरी को हो भन्ने पत्ता लगायौं,’ उनले भने, ‘बोलाएर सचेत गराएका छौं।’

महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका -५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो।

सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन्।

अबदेखि त्यस्ता खालका भिडिओ बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहले बताए।

उनीमाथि प्रहरीले केहीदिन निगरानी राखिने उनले बताए।