आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आज सेतो मच्छिन्द्रनाथको रथजात्रा

गोकर्णेश्वर खबर१५ चैत्र २०७९, बुधबार १०:२९ मा प्रकाशित (१ साल अघि) १०४ पाठक संख्या

१५ चैत, काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ ।