आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

भुटानसँग नेपाल बराबरीमा रोकिएपछी नेपालले लाओससँग फाइनल खेल्ने

गोकर्णेश्वर खबर१५ चैत्र २०७९, बुधबार १०:०७ मा प्रकाशित (१ साल अघि) ४५ पाठक संख्या

१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।

खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।

भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसहित २(० ले हारेको लाओसले भुटानलाई हराएको थियो ।