आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर ९ का विनम्र सुवेदीको ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ मा दमदार प्रस्तुती

गोकर्णेश्वर खबर८ चैत्र २०७९, बुधबार २१:५४ मा प्रकाशित (१ साल अघि) १६७ पाठक संख्या

८ चैत, काठमाडौं । ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ मा गोकर्णेश्वर ९ आरुबारीका १२ वर्षका विनम्र सुवेदी ब्याटल राउण्डमा पुगेका छन् । चैत ४ गते शनिबार हिमालय टेलिभिजन एचडीमा प्रशारण भएको कार्यक्रममा बाल गायक विनम्र सुवेदीको दमदार प्रस्तुति देखे पछि सामाजिक सञ्जालमा उनको प्रतिभाको विषयमा अत्यधिक प्रसंशा भएको छ ।

शनिबारको प्रस्तुति पछि विनम्र ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डमा पुगेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा २०६७ सालमा जन्मिएका विनम्र सानै देखि गाउनमा रुची राख्थे । हाल उनी एलिट ग्राण्ड स्कुल चुच्चेपाटीमा कक्षा ६ मा अध्ययनरत छन् । उनले विद्यालय तथा अन्य प्रतिश्पर्धामा गायन विधामा थुप्रै पुरस्कारहरु पाईसकेका छन् ।

‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा सुमधुर स्वर दिएका विनम्रले विश्वव्यापी कोरोना प्रकोपले पारेको प्रभावको बारेमा समेत गीत गाएका छन् । शनिबार प्रशारित ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को अडिसन राउण्डमा उनले गाएको गितको प्रसंशा गर्दै गायक प्रमोद खरेल लगायतका ४ जना जर्जहरुले उठेर प्रशंसा गरेका थिए ।

गोकर्णेश्वर ९ आरुबारीका १२ वर्षका विनम्र सुवेदीले ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ मा दमदार प्रस्तुती दिएर चारै जना जर्जहरुको साथै धेरै दर्शकस्रोताहरुको मन जितिसकेका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गरेका थिए भनें अब हरेक कोचको टिममा छानिएका विनम्र सहितका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

तल लिंकमा क्लिक गरी भिडियो हेर्नुहोस् :-