आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपाली खेलाडीलाई हौसला दिन क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर२ चैत्र २०७९, बिहीबार ०९:५९ मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।

नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।
नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।