आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

यूएई विरुद्धको खेलमा नेपालले कीर्तिमानी जित

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १९:१४ मा प्रकाशित (१ साल अघि) २७ पाठक संख्या

२८ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालले कीर्तिमानी जितसँगै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा यूएईलाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय खेलमा सर्वाधिक रनको जितको कीर्तिमानी रचेको हो।

आइतबारको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो । जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।