आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पशुपति क्षेत्र सरसफाईको तीनमहिने अभियान सुरु 

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १४:४६ मा प्रकाशित (१ साल अघि) ३८ पाठक संख्या

२८ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र सफाइ अभियान थालेको छ । तीनमहिने अभियानको सुरुवात शनिबार विश्वरूपा मन्दिर परिसरबाट पर्यटनमन्त्री सुदन किरातीसहित मन्त्रालय मातहतका २१ वटा निकायका कर्मचारीरपदाधिकारीहरूले गरेका हुन् ।

पहिलो दिन विश्वरूपा, वनकाली, गुह्येश्वरी क्षेत्र सफाइ भईरहेको छ । कर्मचारीसहित २ सय हाराहारी स्वयंसेवी सरसफाईमा खटिएका छन् । उनीहरूले सफाइका क्रममा ठूलो परिमाणमा प्लास्टिक र सुर्तीजन्य फोहोर संकलन भएको छ ।

‘मन्त्री किरातीले ठूला ओहदामा बसेका पदाधिकारीहरूले सरसफाइ जस्तो सानो काम गर्नुहुँदैन’ भन्ने मानसिकताविरुद्ध पशुपति परिसरबाट सफाइ अभियान थालिएको बताएका छन् । पहिलो दिन तीनै सुरक्षा निकाय, मातहतका श्रीमती संघ, विभिन्न जातजाति संगठन पनि सहभागी भएका छन् ।