आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपाली समाज रङहरूजस्तै विविधतापूर्ण छ : राष्ट्रपति

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७९, सोमबार ०८:५० मा प्रकाशित (१ साल अघि) ४२ पाठक संख्या

२२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ “नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो,” शुभकामना सन्देशमा भनिएको छ, “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।”

राष्ट्रपति भण्डारीले पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।