आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७९, बिहीबार ०९:२१ मा प्रकाशित (१ साल अघि) १०२ पाठक संख्या

१८ फागुन, काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ । बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।

प्रदेश सभाले दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गर्न सफल भएको हो ।