आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित 

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७९, बुधबार १९:२८ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

१७ फागुन, काठमाडौं । प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । नेकपा एमालेले राखेको कोशी प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो ।

पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।

प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत गरेको थियो ।

एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन् । दुई घण्टापछि बस्ने बैठकमा मत विभाजन हुनेछ । मत विभाजन गर्दा दुईतिहाई मत प्राप्त भए सोही नाम प्रदेशले पाउनेछ ।

दुईतिहाई मतका लागि ६३ मत आवश्यक पर्छ । कोशी प्रस्ताव गर्ने र सहमति जनाउने दलहरूको एमाले, कांग्रेस, माओवादी र राप्रपाको गरी ७८ मत हुन्छ ।