आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा थप १५ एचडियू बेड सञ्चालनमा

गोकर्णेश्वर खबर१० फाल्गुन २०७९, बुधबार १९:१२ मा प्रकाशित (१ साल अघि) ४४३ पाठक संख्या

९ फागुन, काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा हाई केयर युनिट (एचडियू) बेड सञ्चालनमा आएको छ । जोरपाटी अत्तरखेलस्थित कलेजमा १५ बेडको एचडियू सञ्चालनमा आएको हो ।

मंगलबार एचडियू बेडको प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले उद्घाटन गरेका थिए । कलेजमा यसअघि ४० बेड सञ्चालनमा थिए । थप १५ वेडसँगै ५५ बेड भएको छ ।

नेपाल मेडिकल कलेजलाई नयाँ प्रविधियुक्त सेवाहरु थप्दै देशकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएर काम भईरहेको प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताए ।

एचडियू वेड उद्घाटन कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. श्रृष्टी श्रेष्ठ, डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, डाइरेक्टरद्वय डा.साविया यासमिन, जहाँगिर अन्सारी, हस्पिटल डाइरेक्टर मोदनाथ मरहठ्ठा तथा प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, अस्पताल इन्चार्ज दीलिप साह लगायतको सहभागिता रहेको थियो ।