आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

वामी सेवा समाज जापानद्धारा मृगौला पीडित रायमाझीलाई ५० हजार आर्थिक सहयोग 

गोकर्णेश्वर खबर९ फाल्गुन २०७९, मंगलवार २१:४० मा प्रकाशित (१ साल अघि) ४९ पाठक संख्या

९ फागुन, रुपन्देही । वामी सेवा समाज जापानले मृगौला पिडित हिरा रायमाझी केसीलाई आर्थिक सहयोग गरेको छ।

गुल्मी मुसिकोट नगरपालिका-१, पौदी अरेवा (माइतीघर मुसिकोट नगरपालिका ७ वामी) निवासी हिरा रायमाझीको उपचारार्थ समाजले ५० हजार ३ सय आर्थिक सहयोग गरेको हो ।

विगत १ बर्ष देखि दुवै मृगौलासहित मुटु रोग, मधुमेह, थाइराइड लगायतका समस्याबाट पीडीत भएकी रायमाझीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि अपिल गरेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा धौधौ भएपछि पीडित रायमाझीलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.मा उपचारार्थ रायमाझीलाई अस्पतालमै पुगेर वामी सेवा समाज जापानका उपाध्यक्ष कृष्ण घिमिरेले नगद रकम हस्तान्तरण गरेका हुन । गुल्मीको वामीदेखि विभिन्न पेशा व्यवसायको सिलसिलामा जापानका रहेका वामीबासीहरुद्धारा गठित समाजले सामाजिक कार्यहरुमा समेत सक्रिय भूमिका खेल्दै आएको छ ।

उपाध्यक्ष घिमिरेले पीडीतलाई अस्पतालमै पुगेर सोही रकम हस्तान्तरण गरेको जानकारी दिए । ‘विगतदेखि नै हाम्रो समाजले समाजिक दाहित्व तथा कर्तव्यको पालनामा अग्रणी भूमिका खेलेको छ’ उनले भने ‘हाम्रो सानो पहल तथा सहयोगले उहाँको उपचारको लागि केही सहजता हुन्छ, जीवन जोगाउन सकिन्छ भने सकेको सहयोग गरौं भन्ने हेतुले यो आर्थिक सहयोग जुटाएर सहयोग गरेका हौं’ घिमिरेले  बताए ।

उपाध्यक्ष घिमिरेले समाजले देशमा आइपरेका विभिन्न प्राकृतिक प्रकोप होस् वा महाभुकम्प लगायतका विपत्तमा समेत सहयोग गरेको बताए ।

समाजले बिरामी हिरा रायमाझी केसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्न समेत अन्य संघ संस्था तथा व्यक्तिहरुलाई अपिल गरेको छ ।