आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

उत्तरबाहिनीमा वागमति सौन्दर्यीकरणका संरचना अवलोकन (फोटोफिचर)

गोकर्णेश्वर खबर२० माघ २०७९, शुक्रबार ०९:०६ मा प्रकाशित (१ साल अघि) ८१ पाठक संख्या

२० माघ, काठमाडौं । गोकर्ण उत्तरबाहिनी मन्दिर क्षेत्रमा वागमति सौन्दर्यीकरण अन्र्तगत बनेका संरचनाहरुको अवलोकन । बिहिबार उत्तरगया मन्दिर क्षेत्रमा एशियन डेभलपमेण्ट बैंकका कन्ट्री डाईरेक्टर अर्नोड कचिस सहित विभिन्न ७ देशका राजदुतहरुले आज वागमति सौन्दर्यीकरण अन्र्तगत बनेका संरचनाहरुको अवलोकन गरेका छन् ।

गोकर्ण उत्तरबाहिनीमा अर्नोड कचिस सहितको अवलोकनका लागि आएको टोलीलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उप प्रमुख सान्नानी लामाले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वरका प्र्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, गोनपा ४ का वडा अध्यक्ष जयराम महत, गोकर्णेश्वरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणी शर्मा, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, आर्थिक प्रशासन शाखा प्रमुख रामजी रायमाझी, खरिद तथा जिन्सी उपशाखा प्रमुख भुपेन्द्र बोहरा, प्राविधिक तर्फका प्रकाश अर्याल, सहकारी तथा विपद् व्यवस्थापन अधिकृत तुलसी आचार्य लगायतको उपस्थिती रहेको थियो । गोकर्ण मन्दिर देखि उत्तरगया क्षेत्रमा ११ करोडमा विभिन्न संरचना निर्माण भएका छन् । मार्च २०२३ सम्ममा सौन्दर्यीकरणका कार्य सम्पन्न हुनेछ ।