आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु 

गोकर्णेश्वर खबर११ माघ २०७९, बुधबार ११:४५ मा प्रकाशित (१ साल अघि) ४५ पाठक संख्या

११ माघ, काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।

उनले आत्मदाह अगाडि सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए । आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो ।

आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।