आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न 

गोकर्णेश्वर खबर९ माघ २०७९, सोमबार १७:१५ मा प्रकाशित (१ साल अघि) ४६ पाठक संख्या

९ माघ, काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उक्त घटनाको अनुसन्धानमा प्रहरीले फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न रहेको पाएको हो ।

जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेका छन् ।