आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

जनतासामु गरेको बाचा पूरा गर्ने उपप्रधानमन्त्री लिङ्देनको दावी 

गोकर्णेश्वर खबर९ माघ २०७९, सोमबार १७:११ मा प्रकाशित (१ साल अघि) ४८ पाठक संख्या

९ माघ, काठमाडौं । उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताएका छन् । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने प्रष्ट पारे ।

उनले जितिसकेपछि आफूले गरेका प्रतिबद्धता र बाचा जनप्रतिनिधिले भुल्नेगरेको आरोप लाग्नेगरेको छ । तर म त्यो अवस्था आउन दिने छैन भनें । आफूले गरेका प्रतिबद्धता र बाचा पूरा गरेरै देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाए ।

राप्रपाका अध्यक्ष समेत रहनुभएका मन्त्री लिङ्देन सरकारमा सहभागी भएपछि पहिलो पटक आइतबार अपराह्न आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको गोल्धाप गएका छन् । झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य लिङ्देनलाई पञ्चेबाजासहित नाँचगान गरेर क्षेत्र प्रवेश गराइएको थियो ।