आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

एसियन क्योकुशिन–सेईसिन कराँते प्रतियोगितामा नेपालललाई ३ स्वर्ण

गोकर्णेश्वर खबर५ माघ २०७९, बिहीबार ०९:१७ मा प्रकाशित (१ साल अघि) ७१ पाठक संख्या

५ माघ, काठमाडौं । भारतको कलकत्तामामा भएको “एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०७९” मा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको तर्फबाट सहभागि भई ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक हात पारेको छ । अल ईण्डिया क्योकुशिन काई कराँते संघको आयोजनामा पुष ३० र माघ १ गते दुई दिनसम्म सन्चालित प्रतियोगितामा नेपालले सो पदक हात पारेको हो ।

विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठले नेतृत्वमा नेपालबाट सहभागि गरेको उक्त प्रतियोगितामा नेपालकी ओलिभिया पुनले महिला १० वर्ष उमेर समूहमा, सरोज थापाले पुरुष १० उमेर समूहमा र १२ वर्ष उमेर समुहमा रोहन लामाले स्वर्ण पदक हात पारेको छ ।

त्यसैगरी १७ वर्ष उमेर समूहका सुस्मा बल, १४ वर्ष उमेर समूहमा प्रज्जवल पाण्डे, १५ वर्ष उमेर समुहमा जिवन बि।क।, १० वर्ष उमेर समुहका निशान्त श्रेष्ठले रजत हासिल गरेका छन भने १२ वर्ष उमेर समूहका आरति श्रेष्ठ, २० वर्ष उमेर समुहका सल्मा लकन्रि, ८ वर्ष उमेर समुहका अमन यादव, १४ वर्ष उमेर समुहको अनु तामाङ्ग, १४वर्ष उमेर समुहका पौल तामाङ्ग, १४ वर्ष उमेर समुहका श्रृष्टि तामाङ्गले रजत पदक हातपार्न सफल भएका छन ।

दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश लगायतका खेलाडीहरु गरी जम्मा ३७५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।