आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पोखरा विमान दुर्घटना : ७० शव संकलन, दुईजनाको खोजी जारी 

गोकर्णेश्वर खबर३ माघ २०७९, मंगलवार ११:०२ मा प्रकाशित (१ साल अघि) ७९ पाठक संख्या

३ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका मध्ये हालसम्म ७० जनाको शव फेलापरेको छ । बाँकी दुईजनाको खोज तथा उद्धारकार्य भइरहेको छ ।

संकलित शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । परीक्षणपछि पहिचान भएका शव प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइँदै छ ।

पहिचान नभएका शवहरू थप परीक्षणका लागि अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाईने र नेपाली सेनाको हेलिकोप्टरमार्फत ती शव ल्याइनेछ ।