आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

विमान दुर्घटनामा लोकगायिका नीरा सहित ६८ जनाको मृत्यु पुष्टि

गोकर्णेश्वर खबर१ माघ २०७९, आईतवार १७:३२ मा प्रकाशित (१ साल अघि) ११७ पाठक संख्या

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्याल सहित ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा १५ जना विदेशी नागरिक रहेको पाइएको छ। खोज कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सरकारले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। शोकमा भोलि सार्वजनिक बिदा समेत दिइएको छ।