आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

प्रदेश १ मा हिक्मत कार्की मुख्यमन्त्री, लिए शपथ

गोकर्णेश्वर खबर२५ पुष २०७९, सोमबार १६:१५ मा प्रकाशित (१ साल अघि) ८४ पाठक संख्या

२५ पुस, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।