आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर नगरपालिका र अर्थोपेडिक अस्पतालबीच उपचारमा ३० प्रतिशत छुट दिने सम्झौता

गोकर्णेश्वर खबर२२ पुष २०७९, शुक्रबार २१:१९ मा प्रकाशित (१ साल अघि) २३१ पाठक संख्या

२२ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३० प्रतिशत छुटमा उपचार गर्न पाउने भएका छन् । आज नगरपालिका र अर्थोपेडिक अस्पतालबीच भएको सम्झौता अनुसार गोकर्णेश्वरका जेष्ठ नागरिकले शल्यक्रिया तथा बेड चार्जमा ३० प्रतिशत छुट पाउने भएका हुन् । छुटको २० प्रतिशत रकम नगरपालिकाले अस्पताललाई सोधभर्ना दिनेछ ।

शुक्रबार नेपाल अपाङ संघ– नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष साम्देन लामा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालबीच सम्झौता भएको हो । नगरपालिका भित्र बसोबास गर्दै आएका ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई अर्थोपेडिक अस्पतालमा गरिने स्वास्थ्य उपचारमा छुट दिने गरि सम्झौता भएको छ । सम्झौता २०७९ पौष २२ गते देखी लागु भई मिति २०८० आषाढ मसान्तसम्म कायम रहनेछ ।

सम्झौता अनुसारको छुट प्रति व्यक्ति वार्षिक रु १,००,००० (एक लाख) सम्मको उपचारमा लाग्ने रकम बराबर हुने र सो भन्दा वढि खर्च लाग्ने भएमा उक्त खर्च सम्बन्धित विरामी स्वयंले नै व्यहोर्नु पर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा नगर प्रमुख दिपक रिसाल, नगर उप प्रमुख सान्नानी लामा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको हस्ताक्षर रहेको छ । यसैगरी, अस्पतालका तर्फबाट नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष साम्देन लामा, मेडिकल निर्देशक कैलाश कुमार भण्डारी र प्रमुख प्रशासक श्याम प्रसाद रुपाखेतीको हस्ताक्षर रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गोकर्णेश्वर वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा लगायतको उपस्थिती रहेको थियो ।

सम्झौता पत्र हेर्नुहोस् :-