आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

तारेभिर पर्यटन महोत्सव माघ १ र २ गते हुने

गोकर्णेश्वर खबर२० पुष २०७९, बुधबार ०८:२९ मा प्रकाशित (१ साल अघि) २११ पाठक संख्या

२० पुष, काठमाडौं । तारेभिर पर्यटन महोत्सव माघ १ र २ गते हुने भएको छ । यो वर्ष नवौ तारेभिर पर्यटन महोत्सव हुँदैछ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा पर्ने आकर्षक पर्यटकीय स्थल तारेभिर क्षेत्र उपत्यकामा पदयात्राका लागि समेत कहलिएको छ ।

तारेभिर क्षेत्रको संस्कृति,प्रकृति र स्थानीय उत्पादनहरुको सम्वर्धन र प्रवर्धनका लागि २०७१ साल बाट पर्यटन महोत्सव शुरु भएको हो । तारेभिर महोत्सवले स्थानीय क्षेत्रको पर्यटकीय संभावनाको प्रवद्धर्न गर्नुका साथै स्थानीय उत्पादनहरुको समेत प्रवद्धर्नका लागि सहयोग पुग्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिकाको प्राकृतिक तथा सांस्कृतिक पर्यटन प्रवद्धर्न गर्ने उदेश्य अनुसार वडा कार्यालय, नगरपालिका र जनप्रतिनिधहरुको पहल र अगुवाईमा तारेभिर पर्यटन महोत्सव भव्य रुपमा सञ्चालन हुँदै आएको छ । यस पटक पनि महोत्सवलाई सफलताका साथ सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।