आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्ण मा.वि.का विद्यार्थीका लागि मनोसामाजिक जनचेतना कार्यक्रम

गोकर्णेश्वर खबर७ पुष २०७९, बिहीबार ०९:१० मा प्रकाशित (१ साल अघि) ८८ पाठक संख्या

७ पुष, काठमाडौं । गोकर्ण माध्यमिक विद्यालय नाम्गेलका विद्यार्थीहरुका लागि मनोसामाजिक जनचेतना कार्यक्रम भएको छ । गत सोमबार ८, ९ र १० कक्षाका ११० जना विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम भएको प्रशिक्षक प्रतिज्ञा के.सी.ले बताईन् ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको बारेमा आधारभुत जानकारी दिईएको के.सी.ले बताईन् ।

नाम्गेल भैरवथान चोकमा रहेको पाँचतारा युवा क्लबको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, नगरपालिकाका शिक्षा विभागका प्रमुख दण्डपाणी शर्मा, प्लस टु को अर्डिनेटर पुष्पराज भण्डारी, उपप्रधानाध्यापक पुष्पलाल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

पुष ७ गते बिहिबार कार्यक्रमको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका स्किलहरु सिकाउन थप फलोअप कार्यक्रम रहेको के.सी.ले बताईन् । कार्यक्रममा के.सी. सहित राजन शर्मा, राजेन खड्की, आदिसिंह कठायतले प्रशिक्षण गरेका थिए ।