आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश 

गोकर्णेश्वर खबर१९ मंसिर २०७९, सोमबार १९:२३ मा प्रकाशित (१ साल अघि) ३१ पाठक संख्या

१९ मंसिर, काठमाडौं । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

मनाङ (ख) बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा ९एमाले०ले आफ्नो पक्षमा ल्याउनको लागि उमेदवार नै उठाएका थिएनन् । अन्ततः स्वतन्त्र निर्वाचित भएका मनाङे एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताए ।

गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।