आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

मोरङ २ मा सुजाता कोइराला एमाले उम्मेदवारबाट पराजित

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार २१:०१ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ मा एमाले उम्मेदवारबाट पराजित भइन् । मोरङ २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उनले पराजित गरे । पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् ।

गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस उम्मेदवार डा.  मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।