आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गुल्मी १ मा कांग्रेस नेता भण्डारी विजयी

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार १३:०१ मा प्रकाशित (१ साल अघि) २६ पाठक संख्या

९ मंसिर, काठमाडौं । गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।