आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

तनहुँ-१ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित

गोकर्णेश्वर खबर८ मंसिर २०७९, बिहीबार ११:१२ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

८ मंसिर, मंसिर । तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २५ हजार ३१८ मत ल्‍याएर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।