आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मंसिर १ गते बौद्धमा राप्रपाको आमसभा, उपाध्यक्ष रविन्द्र मिश्रले सम्बोधन गर्ने

गोकर्णेश्वर खबर२९ कार्तिक २०७९, मंगलवार ०८:३२ मा प्रकाशित (१ साल अघि) १२० पाठक संख्या

२९ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १ गते बौद्धमा आमसभा गर्ने भएको छ । आमसभा मंसिर १ गते बिहिबार दिउसो ३ बजेबाट शुरु हुनेछ ।

बौद्ध ओरालो नजिक टाउन प्लानिंगमा रहेको फुटबल ग्राउण्डमा आमसभा हुने काठमाडौं क्षेत्र नं. ३ का राप्रपाका निर्वाचन परिचालन समिति संयोजक कुमार घिमिरेले जानकारी दिए ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित आमसभालाई राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री भुवन पाठकले सम्बोधन गर्ने छन् ।

आमसभालाई काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत राप्रपाका प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का उम्मेदवार चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनारले समेत सम्बोधन गर्नेछन् ।