आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौं ३ मा कांग्रेस र एमालेमा पार्टी प्रवेशको लहर

गोकर्णेश्वर खबर२७ कार्तिक २०७९, आईतवार १४:२० मा प्रकाशित (१ साल अघि) १०५ पाठक संख्या

२७ कार्तिक, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी प्रवेश गराउने लहर बढेको छ । आसन्न मंसिर ४ को चुनावको मिति नजिकिँदै गर्दा पार्टीहरुमा दल प्रवेश गराउने होडबाजी देखिन्छ । क्षेत्र नं. ३ मा कांग्रेस र एमाले पार्टी प्रवेश गराउने प्रतिश्पर्धामा अगाडी देखिएका छन् ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं. ३ र काठमाडौँ महानगरपालिका वडा नं. ६ बाट नेपाली कांग्रेस र राप्रपाबाट दर्जनौँको सङ्ख्यामा एमाले प्रवेश गरेका छन् । गोकर्णेश्वर ३ मा तारेभिरबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य अनिल लामासहित दर्जनौँ कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले बताएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलबहादुर लामाको नेतृत्वमा २५ जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ मा हिजो शनिबार नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट १२० जनालाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो ।